थप ४६८जनामा कोरोना संक्रमण पुष्टि:संक्रमितको संख्या २६ हजार १९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ, भने काठमाडौं उपत्यकामा मात्रै  ९८ जना संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *