फुटबलका २८ जनाको कोरोना नेगेटिभ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार गराएको कोरोना भाइरसको पिसिआर टेस्टमा २८ जनाको नेगेटिभ नतिजा आएको छ। मंगलबार कूल २९ जनाको टेस्ट गराएका मध्ये एक जनाको भने फेरि टेस्ट गरिने एन्फाले जनाएको छ।

यसअघि सोमबार ११ फुटबलरसहित २५ जनाको कोरोना टेस्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो।

जससँगै एन्फाले गराएका ५४ जना मध्ये ५३ जनाको नेगेटिभ नजिता आएको छ भने एक जनाको पुन: टेस्ट गरिनेछ।

५४ जना ३४ खेलाडी, ८ अफिसयल र १२ होस्टलका कर्मचारी थिए।

एन्फाले भदौ १ देखि विश्वकप छनोटको तयारी गर्नका लागि फुटबल टिमका खेलाडी र अफिसियलको कोरोनाको परीक्षण गराएको थियो।

यद्यपी फिफाले यो वर्ष विश्वकप छनोट प्रतियोगिताका बाँकी खेल नगर्ने निर्णय गरेसँगै नेपालको तयारी सुरु नै नभइ स्थगित भइसकेको छ।

दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ।

नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ।

समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा नेपाल पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *