(नेकपा) का दुई अध्यक्ष बिच बालुवाटारमा भेट वार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच बालुवाटारमा वार्ता जारी छ ।

दुई अध्यक्षबीच साउन २० गतेपछि पहिलो पटक वार्ता भएको हो । पार्टीमा देखिएको विवाद सल्टाउन प्रयास स्वरुप अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीलाई भेट्न दिउँसो ११ः१५ मा बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार वार्तामा दुई अध्यक्ष बाहेक महासचिव विष्णु पौडेल र स्थायी कमिटका सदस्यहरु शंकर पोखरेल र जनार्दन शर्माको पनि सहभागिता छ ।

यसअघि साउन २० गते दुई अध्यक्षबीच वार्ता भएको थियो ।

साउन २१ गते विहानका लागि तय भएको वार्ता हुन नसकेपछि आज नौ दिनपछि दुई अध्यक्षबीच बार्ता भइरहेको छ ।

यसबीचमा आफ्ना पक्षीय बैठक र छलफल जारी राख्नुभएका दुवै अध्यक्षले सहमतिको प्रयास सकारात्मकरुपमा अगाडि बढिरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बुधाबर एक मिडियामा अन्तरवार्ता दिनुहुँदै पाँच दिनभित्र पार्टीको आन्तरिक विवाद सल्टिने जानकारी गराउनुभएको थियो । पार्टीभित्र देखिएको विवाद सल्टाउन दोस्रो तहका नेताहरु गम्भीर गृहकार्यमा रहनुभएको पार्टी स्रोतले बताउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *