कोभिड–१९ को संक्रमणका कारण थप दुई जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९५  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो ।

यस्तै अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मुटुको बिरामी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *