सुनको मुल्यमा उच्च गिरावट

बुधबार सुनको मूल्यमा उच्च गिरावट आएको छ ।

मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा कायम भएकाे हो। सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो।

आज चाँदीको मूल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको सुन एकैदिन २ सय २५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भएर त्यसको असर नेपालमा समेत देखिएको महासंघले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *