स्कुटरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

भक्तपुरमा स्कुटरको ठक्कर बाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको  स्कुटरले भ.न.पा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवाललाइ ठक्कर दिदा उहाको उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

स्कुटरले उहाँलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्र.ना.उ गिरीले जानकारी दिनुभयो ।

प्रहरीले स्कुटर चालक चाँगुनारायण न.पा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *