फेरी बढ्यो सुनको भाउ :प्रति तोला एक लाख २ हजार ५ सय

बिहीबार सुनको मूल्य एकैदिन ११ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।

एकपछि अर्काे दिन क्रमशः सुनको मूूल्यमा वृद्धि भइरहेको हो । निरन्तर सुनको मूल्यमा उकालो लाग्ने क्रममा आफ्नो विगतका रेकर्डहरूलाई समेत तोड्न थालेको छ ।

बुधबार एक लाख एक हजार चार सयमा कारोबार भएको सुन आज एक लाख २ हजार ५ सयमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।

यसअघि सुनको मुल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ

आज चाँदीको मूल्य १३ सय ४५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदी अघिल्लो दिनको तुलनमा बिहीबार ५० रुपैयाँले बढी छ। बुधबार चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *