बेरुतमा विस्फोट ७८ जनाको मृत्यु चार हजार घाइते

लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा ७८ जनाको मृत्यु भएको छ भने करीब चार हजार घाइते भएका छन् । लेबनानका प्रधानमन्त्री हसन डेबले करीब दुइ हजार ७५० टनबराबरको एमोनियम नाइट्रेट विस्फोट भएको र सो वस्तु  गोदाम घरमा विगत छ वर्षदेखि भण्डार गरीरहेको जनाउनु भएको छ ।
विष्फोटपछि बेरुतका अस्पतालहरु घाइतेहरुले भरिएका छन् भने त्यहाँको रेडक्रसले घाइतेको उपचारमा रगत अभाव हुन सक्ने भन्दै रक्तदानका लागि आग्रह गरेको सीएनएनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *