२ लाख घुससहित राजस्व अनुसन्धान अधिकृत पक्राउ

कर छली रोक्ने सरकारी अड्डाका प्रमुख नै दुई लाख घुससहित मंगलबार पक्राउ परेका छन् । बुटवल–१२ नयाँगाउँमा रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट पक्राउ परेका हुन् ।

व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा कार्यालय प्रमुख राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

राना र झा दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सूचना अधिकारी भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *