कैलालीमा बाढीले २ जनाको मृत्यु, एकजना बेपत्ता

अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ । एकजना अझै बेपत्ता छन् । काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढी बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता भएका थिए ।

भजनी नगरपालिका-८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएकोमा चौधरी र शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

चौधरीको बिहीबार र शाहीको शुक्रबार बिहान शव फेला परेको उनले बताए । बाढीको भेलमा बेपत्ता भएका ३२ वर्षीय चक्र विकको अवस्था भने अझै अज्ञात रहेको उनले जानकारी दिए ।

‘दुईजनाको शव भेटियो एकजनाको खोजी हुँदै छ,’ उनले भने, ‘अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयवासी बेपत्ता भएका युवकको खोजीमा छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *