दाङमा पहिरोले घर पुरिदा आमाछोरीको मृत्यु

दाङमा पहिरोले घर पुरिदाआमाछोरीको मृत्यु भएको छ ।

जिल्लाको बंगलाचुली गाउँपालिका वडानम्वर–५ साकुनीमा घर माथिबाट पहिरो आउँदा बुधबार बिहान आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
अविरल वर्षापछि आएको पहिरोमा परी २४ वर्षिया बाटुली नेपाली र उहाँकी २ वर्षिया छोरी आयुस्मा नेपाली रहेको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार बिहान ३ वजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिदा उनीहरुको मृत्युु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *