कैलालीमा बाढीले एक सय भन्दा बढी घर डुवानमा

कैलालीमा बर्षासंगै आएको बाढीले एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।

कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जोशीपुरमा काँडा नदी गाउँमा पसेपछि २५ घर डुवानमा परेका छन् ।

उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुवानमा परेका छन ।

काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढि घर डुवान परेकोे प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो ।

कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुवानमा परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *