मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने

मनसुन सक्रिय भएसँगै देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

गए रातिदेखि न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू–भाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

अबका तीन दिन (साउन १५ गतेसम्म) देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार यसवर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुवान र पहिराको जोखिम बढेको बताइएको छ ।

मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *