स्याङ्जामा एसपी सहित १८ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टी भएको छ । थप कोरोना भेटिएसगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी संङक्रमित भएका छन् ।
साउन ६ गते लेखा र प्रबन्ध शाखाँमा कार्यरत दुई हवल्दार र एक जवान गरी तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टी भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, संचारमा कार्यरत सुरक्षाकर्मीको स्वाब लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
सुरक्षाकर्मीमा संङक्रमण फैलिएपछि साउन ७ गते ३० र साउन ८ गते ७३ जनाको स्वाब लिइएकोमा सोमबार एक महिला सहित १८ जनामा कोरोना संङक्रमण प्रमाणित भएको हो । स्वाब लिएका मध्ये ३५ जनामा १८ जनामा कोरोना देखिएको हो ।
सोमबार संङक्रमित पुष्टी भएकामा प्रहरी प्रमुख सहित, दुई जना असई, छ जनाा हवल्दार, आठ जना सिपाही र एक जना भान्से रहेका छन् ।
कोरोनाको संङक्रमण भेटिनु भएका प्रहरी प्रमुखले जनताको सुरक्षामा खटिदाँ संङक्रमित भएको बताउदै कोरोनामा जित हात पार्नेमा आफु ढुक्क रहेको बताउनुभयो ।
यस्तै साउन ५ गते गल्याङ अस्पतालमा कोरोना संङक्रमितको उपचार गरेका एक जनाा डाक्टरमा कोरोन्ना पुष्टी भएको थियो ।
प्रहरी कार्यालयका प्रहरी प्रमुख सहित २१ जनामा कोरोना देखिएपछि पुतलीबजार भित्र कडाई गरिएको प्रजिअ गंगा बहादुर क्षेत्रीले बताउनुभयो ।
उहाँले पहिलो चरणमा प्रहरी प्रमुख देखि जवान सम्मकाो स्वाब लिएको बताउदै थप संङक्रमितको संम्पर्कमा आएकाको स्वाब लिइने र खोजी अगाडी बढाइएको बताउनुभयो ।
जेठ १३ गतेबाट भारतबाट आएका दुई जनामा कोरोनाको संङक्रमण भेटिएकोमा हाल सम्म यहाँ २२३ जना संङक्रमित पुगेका छन् ।
संङक्रमित मध्ये १८८ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *