राफेल लडाकु विमान भारतका लागि प्रस्थान

भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकु विमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकु विमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।

ती लडाकु विमानहरू फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती विमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल विमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ । फ्रान्सेली विमानमा सात जना भारतीय पाइलटको समूहसमेत सहभागी छ । उनीहरूलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिमसमेत दिइएको थियो ।
भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा राफेल लडाकु विमान समावेश थियो । निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपियाँमा फ्रान्सबाट ३६ वटा लडाकु विमान खरिद गरेको हो ।
नयाँ लडाकु विमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् ।
लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी विमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *