सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।

ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी  गराउनु भएको छ ।

घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।यति बेला उनलाइ  कीर्तिपुरस्थित अस्पतालमा लगिएको  छ भने एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *