लगातारको वर्षाले देशभरका विभिन्न राजमार्ग क्षतविक्षत, नदी किनारका वस्तीहरुमा त्रास

अविरल वर्षा र बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ ।

सडक विभागका अनुसार विभिन्न खोला र नदीका पुलहरु क्षतिग्रस्त भएका छन् । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ ।

विभागले सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्‍याएका सडक मर्मतको काम गरिररहे पनि पृथ्वी राजमार्गलगायतका मुख्य सडकहरु खुलाउनै समस्या देखिएको छ ।

सडक विभागका अनुसार काठमाडौं आउजाउ गर्ने मूख्य सडक पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मौवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ ।

पुल जोड्ने पहुँच सडक नै कटान गरेर बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न समय लाग्ने देखिएको हो ।

बाढी पहिरोको घटनामा परेर हिजो देशका विभिन्न जिल्लाहरुमा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *