टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

काठमाडौंको टोखा नगरपालिका-१ टाँसीडाडा भन्ने ठाउमा आज बिहान करिब दस बजेर पांच मिनेटमा पहिरो जादा पहिरोले घर पुर्दा दुइ बालबालिकाको घटना स्थलमै मृत्यु भएको छ

धनकुटा घर भइ हाल टोखा नगरपालिका टाँसीडाडा भन्ने ठाउमा बसोबास गर्दै आउनु भएका राम कुमार राना मगरका वर्ष ३ का छोरा सचिन राना मगर र वर्ष ३ कै छोरी सन्धा राना मगरको पहिरोले पुरिएर मृत्यु भएको हो।

बिहान खानाखाने क्रममा घर भन्दा माथिल्लो तहमा रहेको प्लानिङ्गको  जग्गामा पहिरो जादा उक्त घर लाइ पहिरोले थिचेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *