घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ ।

सोमबार राति करिब ११ बजे गाडीमा आगजनी भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिसरण भट्टले भने, ‘आगो समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुन पाएन ।’उक्त गाडी उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आइरहेकी थिइन् । आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको निमित्त प्रशासकीय प्रमुखको क्वाटर अगाडि राखिएको गाडीमा आगजनी भएको हो ।

सँगै नगरप्रमुख ममता प्रसाद चौधरीले चढ्ने गाडी रहे पनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को गाडी क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *