बैंकर्स संघका अध्यक्षको प्रश्न- तिर्न सक्नेलाई छुट दिनुपर्छ र ?

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि देश पूरै लकडाउन भए पनि बैंकहरुले दिने सुविधा यथावत छ । राष्ट्र बैंकले अर्थतन्त्रमा समस्या नपरोस् भनेर सहुलियत समेत घोषणा गरिसकेको अवस्था छ । चैतमा तिर्नुपर्ने साँवा ब्याज असारमा तिरे हुने बताएको राष्ट्र बैंंकले चैतमै तिरेको अवस्थामा भने ब्याजमा १० प्रतिशत छुट दिने बताएको छ ।

ऋण तिर्न सक्ने अवस्था भएकालाई भने यस्तो सहुलियत आवश्यक नपर्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *