काठमाडौं प्रशासनद्वारा जारी सवारी पास बन्द

काठमाडौं । काठमाडौंले प्रशासनले लकडाउनको बेला आउजाउ अतिआवश्यक पर्नेलाई उपलब्ध गराउँदै आएको सवारी पास बन्द गरेको छ । सवारी पास दूरुपयोग हुन थालेपछि प्रशासनले बिहीबारदेखि बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कोरोना भाइरस संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यका लागि सवारीसाधनलाई पास वितरण गर्दै आएको थियो। सवारी पासको दुरुपयोगसमेत गरिएकोले बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो। कटुवालका अनुसार अत्यावश्‍यक सेवालाई पास नचाहिने साथै अत्यावश्यक सेवा तथा सामग्रीको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरेको छ।

एम्बुलेन्स औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स, पत्रकार र कर्मचारी चढ्ने सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ। खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन्।

तर,यस्ता सवारीमा यात्रु ओसार्न भने पाइने छैन। व्यक्तिगत समस्या, परिवार, बिरामी ,भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने उनले बताए। तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, गम्भीर बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा इकाइसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *