बलिउडका सबैभन्दा ठूला स्टारका कमाई

गतवर्ष (२०१९) बलिउडमा रिलिज भएका फिल्ममध्ये ऋतिक रोशन, सलमान खान र अक्षयकुमारका फिल्मले विदेशमा सर्वाधिक कमाई गरे।

बक्स अफिस इण्डियाको रिपोर्ट अनुसार ऋतिकको फिल्म वार गतवर्ष सबैभन्दा बढी कमाई गर्ने फिल्म थियो। उसले एक करोड ३७ लाख डलर कमाइ गर्‍यो।

यस्तै सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म थियो, सलमान खानको भारत। यस फिल्मले एक करोड ७ लाख डलर कमाई गर्‍यो। तेस्रो नम्बरमा रह्यो अक्षय कुमारको गुड न्यूज। गुड न्यूजको कमाई १ करोड ४ लाख डलर रह्यो।

यी तीन नायकको फिल्मले विदेशमा सर्वाधिक कमाई गरेपछि यिनीहरुलाई बलिउडमा गत वर्षका सर्वाधिक सफल नायक मानिएको छ।

गत वर्ष विदेशमा सर्वाधिक कमाउँने बलिउडका पाँच फिल्म
१. वार- ऋतिक रोशन- एक करोड ३७ लाख डलर
२. भारत- सलमान खान- एक करोड ७ लाख डलर
३. गुड न्‍यूज- अक्षय कुमार- एक करोड ४ लाख डलर
४. गली ब्याय – रणबिर सिंह- एक करोड २ लाख डलर
५. दबंग ३- सलमान खान- ७९ लाख ७० हजार डलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *