छैठौं नुवाकोट महोत्सव आगामी माघ माघ १६ देखि २६ गतेसम्म हुने

विदुर – ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रबर्द्धन’ भन्ने मूल नाराका साथ छैठौं नुवाकोट महोत्सव आगामी माघ माघ १६ देखि २६ गतेसम्म हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलनमार्फत् नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गर्न लागिएको संघका प्रवक्ता एवं महोत्सव सूचना तथा सञ्चार उपसमितिका संयोजक सबिन राजभण्डारीले जानकारी दिनुभयो ।

 

विदुर नगरपालिकाको बट्टार बसपार्माकमा सञ्चालन हुने महोत्सवमा आर्थिक, उपार्जन, व्यावसायिक समृद्धता तथा आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो ।

महोत्सवले नुवाकोट हुँदै चीन जोड्ने नाका सञ्चालनमा आएकाले जिल्ला औद्योगिक केन्द्रका रुपमा विकास गर्न गर्नुको साथै लगानी भित्र्याउनका लागि महोत्सवको पुर्व सन्ध्यामा “नुवाकोट इन्भेस्टमेन्ट टक” को आयोजना गरिने संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजन श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीयतहका कृषि उब्जनी तथा हस्तकला उत्पादनको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवर्द्धन तथा स्थानीयगत पहिचान गराउने क्रियाकलाप हुने संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्यले जानकारी दिनुभयो । नेपालमा बनेको इलेक्ट्रिक बाइक ‘यात्री’ महोत्सवको प्रमुख आकर्षण रहने अमात्यले बताउनुभयो ।

भ्रमण वर्ष २०२० मा नुवाकोट जिल्लामा पर्यटक भित्र्याउन यस महोत्सवले भूमिका खेल्ने संघका द्वितीय उपाध्यक्ष तथा प्रदेश नम्बर ३ का होटल तथा पर्यटन व्यवसायीका अध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो । संघका सदस्यहरुलाई नि:शुल्क पासको व्यवस्था गरिएको जानकारी गराउनुभयो । संघमा आबद्ध व्यवसायीहरुले २५ प्रतिशत छुटमा स्टल लिन सकिने जनाएको छ ।

महोत्सवमा “एक प्यान एक स्टल”को आधारमा स्टल वितरण गरिने संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले जानकारी दिनुभयो । सापकोटाले जिल्लामा सडक आयोजना संचालन भईरहेका हुनाले महोत्सव अवधिभरका लागि संघले सम्बन्धित निकायमा सहज वातारवरणका लागि पहल गरिने बताउनुभयो ।

महोत्सव सञ्चालनका लागि ११ सदस्यीय मूल कार्यसञ्चालन समिति तथा ३० उपसमिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *