नमुना विद्यालयको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावकलाई सम्मान

 

विदुर –नुवाकोट कै उत्कृष्ठ नतीजा ल्याउन सफल पृथ्वि माध्यमिक विद्यालय सामुदायिक विद्यालयको नमुना विद्यालयमा स्थापित पृथ्वी माध्यमिक विद्यालयले विदुर नगरपालिका-४ विदुरमा आफ्नो ४५ औं वार्षिकोत्सव मनाएको छ। विद्यालयको वार्षिकोत्सव समारोहको उद्घाटन नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले गरेका हुन् ।

विद्यालयको वार्षिक उत्सवमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका उपमेयर गीताकुमारी दाहाल, निमित्त प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरै, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अर्जुन श्रेष्ठ लगायतले पृथ्वी मावि सामुदायिक विद्यालयहरुमध्ये पृथ्वी मावि नुवाकोटकै उत्कृष्ट विद्यालय रहेकोले त्यसको शाख जोगाइराख्न विद्यालय प्रशासनलाई आग्रह गरेका छन् ।

कार्यक्रममा विद्यालयले उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक छनौट गरी सम्मान समेत गरेको छ । यस्तै विद्यालयको सस्थापक सदस्यहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालय सञ्चालनको क्रममा सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले बताउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *