चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैंडा

१ मंसिर, चितवन । तिहारको सम्मुख पारेर गैंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेका छन् । स्रोतका अनुसार गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए ।दुबै गैंडालाई तस्करले दुईवटा अलग–अलग खाल्डोको धराप पारेर मारी खाग र खुर काटेर लगेको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ । गैंडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो । गैंडालाई धरापमा पार्न खाल्डो खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नपाउनु निकुञ्ज प्रशासनको लापरवाही भएको एक संरक्षण अधिकृतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *