एकिकृत समाजवादीको पदाधिकारी टुंगो

असोज ८ काठमाडौँ । काठमाडौमा जारी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकले पदाधिकारी टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव बनेका छन् ।

उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् । सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिदैछ ।

माधव नेपालको जोडबलमा बेदुराम महासचिव बनेका हुन् । महासचिवमा राजेन्द्र पाण्डेले पनि दावी पेश गरेका थिए । नेपालले नै पाण्डेलाई उपाध्यक्षमा र बेदुरामलाई महासचिव भन्दै प्रस्ताव पेश गरेका थिए । नेकपा एमालेवाट विभाजन भएर माधव कुमार नेपालले नेकपा एकिकृत समाजवादी दर्ता गरेका हुन् । पार्टीको अध्यक्ष नेपाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *