नेपालले हङकङसँग खेल्दै

काठमाडौं ५ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दै छ । खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ ।

समूह ‘एफ’को पहिलो खेलमा फिलिपन्ससँग अग्रता लिनुका बाबजुत अन्तिम समयमा दुई गोल खान पुग्दा नेपालले २–१ को हार भोगेको थियो । उक्त खेलमा भएको गल्तीलाई सच्याउँदै नेपालले छनोटमा हङकङलाई हराउने लक्ष्यमा हुनेछ । टोलीसँग कप्तान रेनुका नगरकोटे, सरु लिम्बु, गीता राना, हिराकुमारी भुजेल, पूजा राना, अमृता जैशी, मन्जली कुमारी योन्जन, प्रीति राई, विमला चौधरी, सविता रानामगर, रश्मिकुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको साथ रहेको छ ।

चोटका कारण फरवार्ड बिमला चौधरी र डिफेन्डर गीता रानाले खेल्ने सम्भावना न्यून छ । बिमलाले पहिलो हाफमा तथा पूजाले दोस्रो हाफमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । प्रशिक्षक ग्यारी फिलिप्सले पूजा रानाको स्थानमा बिमल विबलाई डेब्यु दिएकी थिइन् । टोलीमा सिर्जनासिंह ठकुरी, रजनी थोकर, दीपा राई र इन्दिरा राई पनि रहेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस  प्रिमियर लिगमा चेल्सी र ला लिगामा रियाल म्याड्रिड शीर्षस्थानमा

छनोटको तयारीका लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जीवित रहनेछ । समूह विजेता सोझै एसियन कपका लागि छनोट हुने प्रावधान छ । एसियन कप छनोट भए नेपाल विश्वकप छनोटमा पनि अघि बढ्नेछ । एएफसीले विश्वकप छनोट हुने प्रक्रियाबारे प्रस्ट पारेको छैन, तर एसियन कपकै नतिजाले विश्वकपमा छनोट हुने भने उल्लेख गरिएको छ । एसियन कपमा छनोट भएमात्र विश्वकप छनोटमा अघि बढ्न सकिने पनि प्रस्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *