रेश्मा बनिन् ब्युटिसियन ट्यालेन्ट

चितवन : सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँबरले ब्युटिसियन ट्यालेन्ट–२०२१ को ताज पहिरिएकी छन्। प्रतिस्पर्धामा फस्ट रनरअप शारदा बराल, सेकेन्ड रनरअप शान्ति थापा र भिअवर्स च्वाइसको उपाधि सुप्रिना लामाले जितेका छन्।

क्रियटिभ इन्साइट मिडियाद्वारा चितवनको नारायणगडमा आयोजित ब्युटिसियन ट्यालेन्ट प्रतियोगिताको शीर्ष उपाधि विजेता रश्मीले ५० हजार नगद पुरस्कार प्राप्त गरिन्। साथै विजेता सबैले क्राउन, सर्टिफिकेटको साथमा फाइटो म्याक्स कम्पनी स्किन एडबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए। त्यस्तै उपाधि विजेताले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन्। यसका साथै सम्पूर्ण प्रतिस्पर्धीले रोज सिप विकास तालिम केन्द्र रवि भवनमा एक हप्ताको सेल्फ मेकअप निःशुल्क पाउने भएका छन्।

प्रतियोगिताको निर्णायक सौन्दर्यविद् सोनी कारञ्जित, कलाकार तथा निर्देशक सूर्य चन्द, समाजसेवी तथा सौन्दर्यकर्मी अञ्जु बुढाथोकी रहेका थिए। ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ का प्रमुख अतिथि बागमती प्रदेश सभासदस्य, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहाल (अभिनाश) र अतिथिहरूमा समाजसेवीहरू दीपक थापा र बलराम सैंजु रहेका थिए।

कार्यक्रमको इभेन्ट म्यानेजर कमल बराल, कोरियोग्राफर मानीष तामाङ, सहायक कोरियोग्राफर एलिना गुरुङ रहेका थिए भने कार्याक्रम सञ्चालन मोडल, म्युजिक भिडियो निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *