नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउदैनौं– लक्ष्मणलाल कर्ण

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा नहल्लाउने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीहरु माझ प्रतिक्रिया दिदैँ कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउने काम जसपाले नगर्ने पनि स्पष्ट पार्नुभयो ।

कर्णले सरकारको विकल्प खोज्न पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बाटो खोल्नुपर्ने बताउनुभयो । अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अथवा समर्थन फिर्ता लिएर बाटो निर्माण गर्नुपर्ने उहँको भनाइ छ।

उहाँले भन्नुभयो ‘हामी बेला आएपछि आफ्नो निर्णय गर्छौं । कसैले जुनबेला भन्नुहुन्छ त्यहीबेला निर्णय गर्ने त हुँदैन नी । पहिले त बाटो खोल्नुपर्‍यो नी त ।’

उहाँले थप्नुभयो, ‘अविश्वासको प्रस्ताव ल्याउनुप¥यो वा समर्थन फिर्ता लिनुप¥यो । कसैले केही नगर्ने खाली हामीले निर्णय गर्ने ? हाम्रो निर्णय मात्रै खोजिराख्ने ? काम गरेर देखाओस् अनि हामी कसैको साथ दिन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *