कुशलको निर्देशनमा तयार भएको ‘मुटुको टुक्रा’ बेलायतबाट रिलिज

काठमाडौं : गायिका देवी घर्तीमगरको स्वर रहेको गीत मुटुको टुक्राको भिडियो सार्वजनिक भएको छ। ज्योती गुरुङका शब्द सिर्जनामा तयार भएको गीतमा सुरज लामिछानेको संगीत र एरेन्ज छ।

गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झनामा उपहार स्वरुप भिडियो पस्किएकी छन्। भिडियोमा ज्योती स्वयमकै अभिनय रहेको छ।

गीतमा बाल कलाकार काव्या श्रेष्ठका साथमा अंनिष्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीको अभिनय देख्न सकिन्छ। गीतमा बाध्यात्मक परिस्थितीले विदेशीनुको पीडा र भोगाइ समेटिएको छ।

बेलायतमा रहेर पनि भिडियो निर्माण र व्यस्त कुशलकै निर्देशनमा यो तयार भएको हो। जसमा छायांकन, सम्पादन, परिकल्पना पनि निर्देशक श्रेष्ठकै रहेको छ। भिडियोमा नबिन निरौलाको कलरिगं, दीपिका श्रेष्ठको मेकअप रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *