- सुनसरी ,मंसिर १६ – सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।वि.स. २०४८ सालदेखि नेकपाले कब्जा जमाउँदै आएको धरानमा यस पटक कांग्रेसले किल्ला तोडेको हो ।
प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस उम्मेदवार तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्धी प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका छन् । यद्यपी, आधिकारिक घोषणा हुन भने बाँकी छ ।
नेकपाका उम्मेदवार प्रकाश राईको पराजयसँगै नेकपालाई ठूलो धक्का लागेको छ ।
शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।
यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।
धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन ।