कास्की–२ मा विद्याको अग्रता दोब्बर

काठमाडौं ,मंसिर  १५-कास्की–२ मा सुरुदेखि नै ‘लिड’ गरेकी सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएर दोब्बर पुर्‍याएकी छन् ।

जारी मतगणनामा ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाएकी हुन् ।

विद्यालाई सुरुदेखि नै पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ हासिल गरेका छन् ।

कास्की–२ को मतगणना पोखरा महानगरपालिकाबाट भइरहेको छ । अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ ।

अहिले वडा नं. १६ को मतगणना भइरहेको छ । गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *