केही समय क्रिकेटबाट विश्राम लिन्छु : पारस खड्का

काठमाडौं । नेपाली क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका पारस खड्काले आफूले केही समय क्रिकेटबाट विश्राम लिने बताएका छन् ।

लामो समयसम्म नेपाली क्रिकेट टिमको कप्तानी गरेको र नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि खेलाडी छनोटकर्ताको पनि भूमिकामा रहेका उनले केही समय विश्राम लिने बताएका हुन् ।‘केही समय विश्राम लिन चाहन्छु त्यसपछि टिममा परेँ भने खेल्छु’ उनले भने । पारसले केही समयपछि सुरु हुने विभिन्न फ्रेन्चाइज लिगहरुमा खेल्ने वा नखेल्नेबारे पनि बताएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *