प्रजातन्त्रको आवरणमा ब्रम्हलुट : कमल थापा

काठमाडौं, साउन १८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक आवरणमा मुलुकमा ब्रम्हलुट चलिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै उनले सत्ता र प्रमुख प्रतिपक्ष दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।

राजसंस्था हटाएपछि ठूला दलहरुले पालैपालो सरकार हाँकेर मुलुकलाई झन्–झन् कमजोर बनाउँदै लगेको थापाको भनाइ थियो ।

अध्यक्ष थापाले प्रधानमन्त्रीले मध्यरातमा विदेशी गुप्तचर निकायका प्रमुखलाई भेट्नु अशोभनीय भएको भन्दै चुनावको बेला पार्टीहरुमा विदेशीको सहयोग गर्ने भएकाले उनीहरुलाई सजिलै भेट्ने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *