सलमानले प्रेमिकालाई ‘बर्थडे गिफ्ट’ दिए, हिराको औँठी

नयाँदिल्ली : बलिउड अभिनेता सलमान खानले आफ्नी प्रेमिका लुलिया वन्तुरलाई उनको जन्मदिनको अवसरमा ‘डायमन्ड रिङ’ उपहार दिएका छन् ।

यही साता जुलाइ २४ मा मनाइएको उनको जन्मदिनको अवसरमा सलमानलाई गहना उपहार दिन उनकै आमाले सुझाव दिएकी थिइन् । ३९ वर्षीया गायिका लुलिया रोमानियाकी नागरिक हुन् ।

सलमानले ‘बर्थडे गिफ्ट’को रुपमा हिराको औँठी उपहार दिएको कुरालाई बलिउडमा गस्सिप बनाइएको छ । इन्डियन मिडियाका अनुसार सलमान पछिल्लो केही वर्षयता लुलियासँग गहिरो प्रेममा छन् ।

रोमानियन ‘टेलिभिजन शो’को होस्ट रहेकी लुलियाले केही वर्षयता बलिउडमा पनि काम गर्दैआएकी छन् । ‘रेस ३’ लगायत फिल्ममा गीत गाइसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *