प्रधानमन्त्री निवासमा जोन्सनको प्रवेश

लन्डन : बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सन प्रेमिका कारिस स्यमोन्डससँग सोमवार सरकारी निवासमा सरेका छन् ।

बेलायतको इतिहासमा उनीहरूको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको छ । यूरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले टेरेसा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

‘प्रधानमन्त्री बोरिस आजदेखि औपचारिक रूपमा प्रधानमन्त्री निवासमा बस्न थाल्नुभएको छ । उहाँकी प्रेमिका पनि यही बस्नुहुनेछ’, प्रधानमन्त्रीको सरकारी निवासका प्रवक्ताले भने । बोरिस ५५ वर्ष र उनकी प्रेमिका स्यमोन्डस ३१ वर्षकी छन् । उनीहरू पहिलाका प्रधानमन्त्रीहरू बस्नेगरेको स्थानमा भने नबस्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *