कक्षा १२ को नतिजा सार्वजनिकः कुन जीपीए कतिले ल्याए ?

काठमाडौं– कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार आंशिक परीक्षार्थीमध्ये २३ हजार ९ सय १५ जना (४१.८३ प्रतिशत) उतिर्ण भएका छन्।

बोर्डका अनुसार नियमिततर्फ तीन हजार ६७ जनाले ३.६१ देखि ४.० जीपीए ल्याएका छन् भने १६ हजार दुई सय चार जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन्। ५६ हजार पाँच सय तीन जनाले २.४१ देखि २.८० जीपीए ल्याएका छन् भने  ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए ल्याएका छन्। त्यस्तै ६२ हजार ६ सय १९ जनाले १.६१ देखि २.० जीपीए ल्याएका छन्।

त्यसैगरी १९ हजार जनाले १.२१ देखि १.६० जीपीए ल्याएका छन् भने  ३ हजार ५ सय २४ जनाले ०.८१ देखि १.२० ल्याएका छन्। त्यस्तै १३ हजार ३ सय ६२ जनाले ०.०० देखि ०.८० जीपीए ल्याएका छन्।

बोर्डले २०७५ सालदेखि ग्रेडिङ पद्धतिमा नतिजा सार्वजनिक गर्न थालेको हो। नियमित तर्फ २ लाख ९२ हजार एक सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार सात सय ४४ र आंशिकतर्फ ५७ हजार एक सय ७० जनाले परीक्षा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *