एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा,

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए )को आगामी नेतृत्वको लागि बेलायत निवासी ब्यबसायी कुल आचार्यले उम्मेदवारी दिने भएका छन्। संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका आचार्यले संघको नवौ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन्।

एनआरएनए युकेको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका उनले एनआरएन युकेको कार्यसमितिको सदस्य, उपाध्यक्ष हुँदै कार्यसमितिमा अध्यक्षको जिम्मेबारी सम्हालेका थिए। यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै आठौ महाधिवेशनबाट केन्द्रिय उपाध्यक्ष पदमा आचार्य निर्बाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *