सिरिजको अन्तिम खेलमा इङ्ग्लयान्डमाथि आयरल्यान्डको जित, सिरिज इङ्ग्यान्डलाई नै

इङ्ग्लयान्ड र आयरल्यान्डबीचको अन्तिम एकदिवसीय सिरिजमा इङ्ग्लयान्ड पराजित भएको छ। अन्तिम खेलमा पराजयको बावजुत इङ्ग्लयान्डले सिरिज २-१ ले जितेको छ।

गएराति भएको सिरिजको अन्तिम खेलमा आयरल्यान्डले इङ्ग्लयान्डमाथि ७ विकेट जित हात पार्‍यो। साउथ ह्याम्टनमा भएको खेलमा इङ्ग्लयान्डले दिएको ३२८ रनको लक्ष्य आयरल्यान्डले अन्तिम बल बाँकी रहँदा ३ विकेट गुमाएर भेट्टाएको थियो।

सुरुवाती ब्याटिङ गरेको इङ्ग्लयान्डका लागि इयान मोर्गानले सर्वाधिक १ सय ६ रन बनाउँदा टम ब्यान्टनले ५८ रन बनाएका थिए। त्यस्तै डेभिड विल्लिले ५१ रन जोडे। आयरल्यान्डका लागि क्राइग योङले सर्वाधिक ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डका लागि पउल स्ट्रर्लिङले १ सय ४२ रन बनाउँदा कप्तान एन्डी बलब्रिनेइले १ सय १३ रनको शतकीय इनिङ्स खेले।

अन्तिम खेलमा आयरल्यान्डले जित निकालेसँगै इङ्ग्लयान्डले सिरिज २-१ ले जितेको छ। यसअघिका खेलमा इङ्ग्लयान्डले पहिलो खेल ६ विकेटले र दोस्रो खेल ४ विकेटले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *