पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

पर्साको पोखरियामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *