लकडाउन खुलेको ३० दिनभित्र मुद्दामामिलामा हदम्याद नलाग्ने गरि सर्वाेच्चको फैसला

कोरोना का कारण ले  भयको लकडाउनको अवधिलाई सर्वाेच्च अदालतले ‘शून्य समय’को रुपमा व्याख्या गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित सर्वाेच्चका सबै १९ जना न्यायाधीश सम्मिलित बृहत इजलाशले लकडाउन खुलेको ३० दिनभित्र मुद्दामामिलामा हदम्याद नलाग्ने र अरू म्याद पनि ३० दिन कायम हुने फैसला गरेको हो।

नेपालमा कोरोना रोकथामका लागि ११ चैतदेखि लागू भएको लकडाउन पटकपटक थपिदै जेठ २० सम्म कायम भएको छ। तर, संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला लकडाउन कहिलेसम्म लम्बिन्छ भनेर यकिन नभएका बेला सर्वाेच्चको यस्तो फैसला आएको हो।

सर्वाेच्चको यो फैसलासँगै अब लकडाउन खुलेको १ महिनाको अवधिमा मुद्दाका पक्षहरुले हदम्याद नाघेको भए पनि मुद्दा दायर गर्न, तारिख लिन, पुनरावेदन गर्न पाउने छन्। फैसला ५२ पेज लामाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *